२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

रुपन्देही ४ (ख) मा एमालेबाट चार जना सिफारिस

शनिवार , भाद्र १८, २०७९

भैरहवा, १८ भदौ ।
नेकपा (एमाले)ले रुपन्देही क्षेत्र नम्बर ४ प्रदेशसभा (ख) मा चार जनालाई उम्मेदवारका लागि सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ४ (ख), रुपन्देहीको विस्तारित बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि चार जनाको नाम सिफारिस गरेको एमाले युवा नेता विनय कुमार मिश्राले बताए ।

प्रदेशसभा सदस्यका लागि सिफारिस हुनेमा विनय कुमार मिश्रा, सुनिता ठठेर, राम वचन यादव (अन्जनी) र हरिशचन्द्र सिंह सैथवार रहेका छन् ।

लुम्बिनी प्रदेशसभा सदस्य सुनिता ठठेरको अध्यक्षतामा भएको कार्यक्रममा नेताहरु कमलेश यादव, राजकुमार गौड, साधुसरण सहानी, कृष्ण खनाल लगायतको उपस्थिति रहेको थियो ।