
शनिवार , भाद्र १८, २०७९
भैरहवा, १८ भदौ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाक रुपन्देही क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । केन्द्रीय सदस्य रज्जाकलाई प्रतिनिधिसभा सदस्यमा सर्वसम्मत सिफारिस गरिएको कांग्रेस क्षेत्र नम्बर १ का सभापति तथा देवदह नगरपालिकाका निवर्तमान प्रमुख हिरा बहादुर खत्रीले बताए ।
त्यस्तै प्रदेशसभा सदस्यमा क्षेत्र नम्बर १ (क)का लागि पूर्व क्षेत्रीय सभापति विश्वनाथ यादवलाई सर्वसम्मत सिफारिस गरिएको खत्रीले जानकारी दिए । त्यस्तै प्रदेशसभा सदस्यमा क्षेत्र नम्बर १ (२) बाट पनि उम्मेदवारहरु सिफारिस गरिएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij