२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

सडकको रेलिङमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

बिहिवार , मंसिर १८, २०७७

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा, १८ मंसिर । 
    मोटरसाइकल अनियन्त्रित भइ सडकको रेलिङमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–१ का ३५ वर्षिय कमल प्रकाश कार्की रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार बैदवारले जानकारी दिए ।

    बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ सखुवानीमा लु ३७ प ९१७८ नम्बरको मोटरसाइकल सडकको रेलिङमा ठोक्किदा घाइते भएका कार्कीलाई उपचारको लागि मणिग्रामस्थित क्रिमसन अस्पताल पठाइएको र उपचारको क्रममा उनको मृत्यु भएको एसएसपी वैदवारले बताए । मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।