२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

कांग्रेस वरिष्ठ नेता पौडेलमाथि ज्यादती भएको भन्दै दोषीलाई कारवाही गर्न माग

बिहिवार , मंसिर १८, २०७७

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा, १८ मंसिर ।
    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि ज्यादती र अन्याय भएको भन्दै दोषीमाथि कारवाही गर्न कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले सरकारसंग माग गरेको छ । 

    कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै नेपालको संविधानद्धारा प्रदत्त भेला हुने, संगठन गर्ने र शान्तिपूर्ण तवरले कार्यक्रम गर्न पाउने हकमा आघात पुर्‍याउने गरी भएको उक्त कार्यको भ्रत्सना गरेको छ ।

    ‘मंसिर १७ गते बुधबार तनहुँ जिल्लाको व्यास नगरपालिकाको तालघरे स्थानमा कांग्रेसका वरिष्ठ नेता एवं कांग्रेस संसदीय दलका पूर्व नेता रामचन्द्र पौडेल र कांग्रेस तनहुँका नेता, कार्यकर्ताहरुको शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, तनहुँबाट निषेधाज्ञा जारी गरी पार्टीका नेता, कार्यकर्तामाथि अभद्र व्यवहार गरी पक्राउ गरिएको घटनाप्रति नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेश घोर भ्रत्सना गर्दछ, ’संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडियाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।128368128_390705638915936_4613674680013857174_n.jpg