
आइतवार , भाद्र १९, २०७९
भैरहवा, १९ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर १ र ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
राप्रपा क्षेत्रीय समिति र देवदह नगर समितिको शनिबार बसेको संयुक्त बैठकले बोहराको एकल नाम उम्मेदवारका लागि सिफारिस गरेको थियो ।
त्यस्तै राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ क्षेत्रीय समितिको बैठकले बोहरालाई रुपन्देही–३ बाट पनि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारमा सिफारिस गरेको छ । आइतबार बसेको बैठकले बोहराको एकल नाम उम्मेदवारका लागि सिफारिस गरेको क्षेत्रीय अध्यक्ष प्रेम नारायण चौधरीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij