२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

खिमलाल भट्टराई रुपन्देही–५ बाट सर्वसम्मत सिफारिस

आइतवार , भाद्र १९, २०७९

भैरहवा, १९ भदौ ।
राष्ट्रियसभामा नेकपा एमाले संसदीय दलका नेता तथा पोलिब्युरो सदस्य खिमलाल भट्टराई रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पार्टीबाट सर्वसम्मत सिफारिसमा परेका छन् । पार्टीको क्षेत्रीय कमिटी बैठकले उनको नाम एकल रूपमा सिफारिस गरेको हो ।

स्थानीय तहको निर्वाचनमा विगतमा खस्किएको ठाउँमा एमालेको वर्चस्व कायम गरेको भन्दै उनलाई सो क्षेत्रमा निर्वाचन लड्न कार्यकर्ताले आग्रह गरेका थिए ।

विद्यार्थी राजनीतिबाट एमालेको पार्टी राजनीतिमा आएका भट्टराई अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन् ।

गत निर्वाचनमा एमाले माओवादीको गठबन्धन भएर चुनावमा जाँदा पनि नेपाली कांग्रेसका नेता भरत शाहले माओवादी नेता डिलाराम आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । यहाँबाट कांग्रेस नेता शाह एकल रूपमा उम्मेदार सिफारिस भइसकेका छन् ।