
आइतवार , भाद्र १९, २०७९
भैरहवा, १९ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले शनिबार पार्टी परित्याग गरेका छन् । उनले राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिए ।
गत साउन २६ गते राप्रपा रुपन्देहीको उपाध्यक्ष पदबाट उनले राजीनामा दिएका दिए । राजीनामा स्वीकृत नभएको अवस्थामा गुप्ताले पार्टी परित्यागको घोषणा गरेका हुन् । राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणालाई सम्बोधन गर्दै उनले उक्त घोषणा गरेका हुन् ।
पार्टी परित्यागको विषयमा विज्ञप्तीमा केही उल्लेख नभए पनि उनले पार्टीभित्र युवाहरुलाई स्थान दिनुपर्ने बहस चलाउँदै आएका थिए । गुप्ता लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, नेपाल भारत अवध मैत्री समाजका अध्यक्ष हुन् भने विभिन्न संघ–संस्थामा विभिन्न पदमा रही सामाजिक क्षेत्रमा समेत क्रियाशिल छन् ।
त्यस्तै राप्रपा सिद्धार्थनगर समिति सदस्य तथा गत स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएकी विनिता गुप्ताले पनि पार्टी परित्याग गरेकी छन् । गुप्ता ६ हजार ५ सय ४४ मत प्राप्त गरी दोस्रो स्थानमा थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij