
आइतवार , भाद्र १९, २०७९
रुपन्देही, १९ भदौ ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत एकल सिफारिस भएको छ ।
एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो । पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij