२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

जनमत पार्टीका नेता संजय मिश्रद्वारा पार्टी परित्याग

आइतवार , भाद्र १९, २०७९

भैरहवा, १९ भदौ ।
जनमत पार्टीका नेता संजय मिश्रले पार्टी परित्याग गरेका छन् । पार्टीका रुपन्देही कार्यवाहक जिल्ला अध्यक्ष तथा भ्रष्टाचार निवारण विभागका राष्ट्रिय प्रमुख मिश्रले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । आइतबार विज्ञप्ती जारी गर्दै मिश्रले पार्टीमा तानाशाही प्रवृत्ति हावी भएकोले आफूले जनमत पार्टी परित्याग गरेको बताएका छन् ।

‘म जनमत पार्टीमा विगत १० वर्षदेखि आबद्ध रही काम गर्दै आएको छु सक्रिय रहेर मेचीदेखि महाकालीसम्म पुगेर काम गरेको पार्टीका नेता–कार्यकर्ता र जनतालाई अवगत नै छ, तर पार्टीले उठाउँदै आएको मुद्दा अहिले पार्टीले बिर्सेको मैले अनुभुति गरेको छु, ’उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।