आइतवार , भाद्र १९, २०७९
काठमाडौं, १९ भदौ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पर्सा क्षेत्र नम्बर १ बाट वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि सिफारिस गरेको छ । वीरगञ्जमा बसेको जसपा क्षेत्र नम्बर १ को क्षेत्रीय समिति बैठकले यादवको एकल नाम सर्वसम्मत सिफारित गरेको हो ।
यादव २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । यसैगरी उक्त बैठकले क्षेत्र नम्बर १ को ‘ख’ बाट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको नाम सिफारिस गरेको छ । राउत पनि २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
बैठकले सो क्षेत्रबाट प्रतिनिधि सभाका लागी समानुपातिकतर्फ जमुना यादव, नसीम अख्तर र इमामूल अन्सारीको नाम सिफारिस गरेको छ । त्यसतै १ को ‘ख’ प्रदेश सभामा समानुपातिकतर्फ भिमा यादव, जमिला खातुन, शशी गुप्ता, प्रेमा कुमारी सिंह क्षेत्री, राम दरश प्रसाद, सलाउदिन मियाँ अन्सारी, अयुब मियाँ, वीरेन्द्र यादव, लालदेव प्रसाद यादव, नुरुल होदा फकिर, ईश्वर चन्द्र यादव र श्याम बाबु प्रसाद चौरसियाको नाम सिफारिस गरेको छ । न्युज कारखाना
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
