२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

जसपाले गर्‍यो रुपन्देही-४ मा उम्मेदवार सिफारिस

सोमवार , भाद्र २०, २०७९

भैरहवा, २० भदौ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले रुपन्देही क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस गरेको छ । पार्टीको क्षेत्र नम्बर ४ क्षेत्रीय समितिको सोमबार भएको भेलाले उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभातर्फ चन्द्रभुषण यादव सर्वसम्मत सिफारिस भएका छन् । यादव कोटहीमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत हुन् ।

त्यस्तै क्षेत्र नम्बर १ प्रदेशसभा (क) का लागि सुनिल जैसवाल, सच्चेता नन्द यादव तथा प्रदेशसभा (ख) तर्फ राम अवतार यादव र खलिउल्लाह जोलहा सिफारिस भएका छन् । त्यस्तै समानुपातिक तर्फ प्रतिनिधिसभामा मधु सिंह र सुनिता कलवारको नाम सिफारिस भएको जसपाले जनाएको छ । 

त्यसै गरी समानुपातिकतर्फ प्रदेश सभा (क) मा नन्दलाल धवल, रामचन्द्र यादव, धर्मावती हरिजन तथा प्रदेशसभा समानुपातिक (ख) मा अमरावती हरिजन र पुर्णवासी कुर्मीको नाम सिफारिस गरिएको छ ।