भैरहवा, २३ भदौ ।
लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)बाट सर्वसम्मत सिफारिस भएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि युवा नेता पाण्डेयलाई रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरिएको लोसपा सिद्धार्थनगरका अध्यक्ष मोहम्मद बसीर मुसलमानले बताए ।
नेता पाण्डेय २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै समानुपातिकतर्फ प्रदेशसभा ३ (क) बाट राजेश रंजन वर्मा (अजय वर्मा), कल्पना पाण्डे, निलम यादव र हेमा बेल्बासेलाई सिफारिस गरिएको लोसपाले जनाएको छ ।