२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

अबकाे मेरोे संकल्प बिकास र समृद्धि , शान्ति र स्थायीत्व हो : प्रचण्ड

आइतवार , भाद्र २६, २०७९

काठमाडाैँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अव आफ्नो संकल्प बिकास र समृद्धि , शान्ति र स्थायीत्व भएको बताएका छन् । 

आइतबार काठमाडौंमा दोश्रो नेपाल युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफुले राजनीतिक लडाइँको नेतृत्व सफलतापूर्वक सम्पन्न गरेकाले अव सम्पूर्ण ध्यान संकल्प बिकास र समृद्धि , शान्ति र स्थायीत्वमा केन्द्रीत हुने बताएका हुन् । उनले आफ्नै नेतृत्वमा ठूला ठूला परिवर्तन स्थापीत भएको र अब विकास र समृद्धिका लागि बाँकी जिवन व्यतित गर्ने चाहना रहेको जिकिर गरे ।

प्रचण्डले मुलुकको आर्थिक बिकासका लागि स्रोत र सधानको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राखे । नेपालको राजनीतिक वातावरण र नेतृत्वको इच्छाशक्तिको अभावका कारण स्रोत र साधनको प्रयोग गर्ने भिजन र योजना तथा कार्यक्रम बन्न नसकेको प्रचण्डले बताए ।

उनले अहिले आयात बढ्दै जानु निकै चिन्ताको बिषय भएको भन्दै कृषि क्षेत्रलाई नै प्राथमिकतामा राख्दै आन्तरिक उत्पादनमा बृद्दि गर्नुपर्ने धारणा राखे ।

त्यस्तै प्रचण्डले मुलुकको बिकासका लागि भौतिक पूर्वाधार मात्रै नभई डिजिटल पूर्वाधार आवश्यक रहेकाले यसमा युवाहरुको बिशेष ध्यान जानुपर्ने बताए ।