२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

राप्रपाले लुम्बिनीमा संगठन विस्तारलाई तीव्रता दिदै 

शनिवार , मंसिर २०, २०७७

भैरहवा, २० मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लुम्बिनी सांस्कृतिक नगरपालिकामा संगठन विस्तारलाई तीव्रता दिएको छ । राप्रपाले नगरपालिका अन्तर्गतका विभिन्न वडामा वडा समिति गठन गर्दै आएको छ । 

सोही क्रममा शनिबार लुसनपा–३ मा राधेश्याम गुप्ताको अध्यक्षतामा वडा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा बासदेव कहांर, सचिवमा नसीर मुहम्मद र कोषाध्यक्षमा आविद अली रहेका छन् ।

त्यसै गरी सदस्यमा भोला मुराव, झुल्ला मुराव, चमेली धवल, उमेश प्रसाद गुप्ता, सजरुन निशा, रामलखन नेटुवा र कमरुद्दीन मुसलमान रहेका छन् ।

वडा भेलालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय सदस्य गंगाराम कलवारले देशैभरी राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको बताए । उनले आगामी निर्वाचनमा राप्रपा वैकल्पिक शक्तिको रुपमा उदय हुने दावी गरे ।

त्यस्तै राप्रपा लुम्बिनी सांस्कृतिक नगरपालिका अध्यक्ष राजेश यादव, वडा नम्बर १० अध्यक्ष कृष्ण प्रसाद गौतम, प्रवासी नेपाली एकता समाज युएईका वरिष्ठ उपाध्यक्ष मनोज जैसवाल लगायतले बोल्दै निर्वाचित जनप्रतिनिधिले जनताको पक्षमा काम गर्न नसकेकोले अब राप्रपाको विकल्प नरहेको बताए ।