२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

सर्वोच्च अदालत वरपर सुरक्षा व्यवस्था कडा 

आइतवार , आश्विन २, २०७९

काठमाडौं, २ असोज । निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबरा सर्वोच्च अदालत फर्कने भएपछि सर्वोच्च अदालत वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

सर्वोच्च अदालत वरपर अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानन्यायाधीस जबरा माथि संसदमा महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । महाअभियोग प्रक्रिया नटुङ्गीदै आज राती १२ बजेबाट सांसदहरुको कार्यकाल सकिएका कारण महअभियोग निस्क्रिय भएको जनाउँदै जबरा काममा फर्कन लागेका हुन् । न्युज कारखाना