२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

जसपाकी निवर्तमान सांसद गुरुङ र पूर्वएआईजी श्रेष्ठ राप्रपामा प्रवेश 

आइतवार , आश्विन २, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २ असोज ।

    जनता समाजवादी पार्टीकी निवर्तमान सांसद रेणुका गुरुङ र पूर्वएआईजी ठाकुर श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् ।

    जसपा नेतृ गुरुङ, सशस्त्र प्रहरी बलका पूर्वएआईजी श्रेष्ठ, एकीकृत राष्ट्रिय शक्ति नेपालकी केन्द्रीय सदस्य, महिला संगठनकी अध्यक्ष अन्जु सुवेदी लगायत १६४ जना राप्रपामा प्रवेश गरेका राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

    उनका अनुसार शनिबार पार्टी कार्यालयमा भएको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई पार्टीको सदस्यता प्रदान गरेर स्वागत गरेका थिए । 

    अध्यक्ष लिङ्देनले समाजका प्रतिष्ठित व्यक्तिहरुको प्रवेश र विश्वासले राप्रपा जनताबीच लोकप्रिय बन्दै गएको पुष्टि भएको बताए ।