images

शुक्रवार, बैशाख ७ गते २०८१

किर्नाले भैँसी मर्छ र !

किर्नाले भैँसी मर्छ र !

images
images
images
आइतवार, आश्विन २ २०७९
आइतवार, आश्विन २ २०७९
  • किर्नाले भैँसी मर्छ र !

    गाँड तन्त्ररुपी लोके भाइको चर्तिकला नेपालभर छताछुल्ल भएपछि यो कुकुर गाँठे सरकारको चर्तिकला पनि हेर्न लायक भएको छ । यो तीस वर्षे शासनकालमा नेपाल र नेपालीले यति धेरै कष्ट र हण्डर खाएका छन् कि ति बोल्न सक्ने अवस्थामा छैनन् बोली हाले पनि झल्लुरामहरुले चोलेन्द्रलाई झैँ हुर्मत लिन पछि पर्दै पर्दैनन् ।

    images
    images
    images

    संविधान र कानुन भन्दा माथि यि झल्लुरामहरु सुन्दर बगैँचालाई टुक्रा टुक्रा पारि आफ्नो आफ्नो स्वार्थ बमोजिम वाँडीचुडी खान थालेका छन् । संविधान र कानूनले यिनलाई छुदैन छडभरमा ४० प्रतिशत बाट २० प्रतिशत र २० प्रतिशतबाट ४० प्रतिशत मा ल्याउन नीच हर्कत गर्दै गर्दा लोकेको दुहाई दिन छाड्दैनन् ।

    यि जस्ता कुकर्मिहरुलाई आजसम्म साथ दिंदै आएका जनताहरु आफैँ पुर्परोमा हात राख्तै यिनका झोले कार्यकर्ताहरुका पछाडि दौडन तँ छाड म छाड गर्दै मंसिर चार गतेसम्मको म्याराथन दौडमा लागिपरेका छन् ।

    विष वृक्षको जरा यसरी गाडिएको छ कि यसलाई उखेल्न सक्ने अवस्थामा आम नागरिक किन छैनन् भने यसको जरा अराभिल्ली पहाड उत्तरसम्म गाडिएको छ । यो किल्ला भत्काउन स्वयं इन्द्रले पनि सक्ने छैनन् । आम नागरिकले मिलेर यस्को जरा उत्तानो पार्न सक्ने हैसियत भएपनि आफैँ विभक्त र विभाजित छन् ।

    ‘गठे’ मन्त्रीहरु जसरी पनि चुनाव जित्नु पर्छ हामीले भन्दै हुँकार कस्तै सारा चाँजो पाँजो ( सरुवा, बढुवा, घटुवा आदि) मिलाई सके । अस्तिको मात्र घटना हो सरल स्टेश्नरी बुद्ध चोकका भाई विष्णु मरासिनी भन्दै थिए “यि सडियलले देश बर्बाद पारे”, भन्न त यिनलाई पत्र पत्रिका रेडियो आम नागरिक आदिले कति भने कति तर के गर्नु ? ‘किर्नाले भैँसी टोकेर मर्छ र ?’ प्याच्च एउटाले सुनाइहाल्यो ।
    जसले यो ‘गठे’ बनाइदियो उसैको हुर्मत लिँदै चारैतिरबाट तीखा तीखा वाण छोडिरहेछन् र उनले पनि ढाल रुपी बाणीले नेस्तानाबुँद गर्न खोज्दै छन् .. एक्लो अभिमन्यू भएर...!!

    ‘गठे’ नेताको दिमाग पनि डेढ अक्कले हुन्छ कि के हो ? नेपाल कृषि प्रधान देश भएकाले कृषि विकास गर्न पर्छ रे .. त्यस्का बाउको खप्पर ... वर्षादमा  मल नपाएर कृषक ऐया ऐया भएका बेला विदेशमा सैयल गर्न जाने ... बुद्धिमा भूस भरिएका विद्वानहरु तर र र ताली पढ्काउने ? हैन के हुन लाग्यो यो देशमा ?

    यो कस्तो ‘लोके’ आयो ? हाम्रो नेपालमा ल आफैँ बिचार गरौं त ? “महिलाले ‘नाइटो’ देखाएर पातलो लुगा लगाएर नितम्बका साइज र प्यान्टी प्रदर्शनि गर्दै मूल सडकमा क्याट वाक गर्न मिल्ने, पुरुषले यसो हे¥यो भने आशय करणी भन्ने केही महिला अधिकारी कर्मीहरुले नेपाललाई साँचै गठे बनाउन खोजेकै हो त ?”भन्दै मलाई मकालु स्टेश्नरी बुद्धचोकमा एउटा लक्का जवान युवकले प्रश्न सोझाए । मसँग त जवाफ थिएन ।

    हुन पनि हो हामीले देखेको र भोगेको पनि हो । ‘गठे’ भनेको गठे नै हो किनकि यो ‘गठे’ भएकै कारण हलचल गर्नसक्ने अवस्थामा छैन । उसले चलाउने भनेकै ‘गठे’ भित्रका गठजोडलाई मात्र हो ।  तर यसरी चलाउँदा यसको असर अरुलाई कति पर्छ ? भनेर विचार गर्ने ल्याकत यस्मा हुँदैन यसैले ‘स्व’ भजनमा रमाउने त्यस्तै भजन गराउने , ‘लोके र गाँडे’ खतरामा छ यसैले यो गठे छ भन्ने, यसलाई अझ अगाडिसम्म लानू पर्छ भन्ने अनि झ्याम्म देश ने खल्र्याप्प हुसर्ने !!!

    निर्वाचन जति जति नजिक आउँदैछ गठेले लोकेको दुहाई दिन जोड तोडले  शुरु गर्ने छ, यो दुहार्ड दिने हुँकार गर्ने काम पनि साथ साथै शुरु हुनेछ । आम नागरीकहरुको कालो खाडल रुपी नर्क गठे विजय पश्चात शुरु हुनेछ ।

    ‘गठे’ को हार नै मुलुकको जित हुनेछ, प्रजातान्त्रिक शक्तिहरु गठेबाट बाहिर आए यो मुद्या यही समाप्त हुनेछ र फेरि मुलुक लोकतन्त्रको लिकमा चल्ने छ । 
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij