२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

निवर्तमान सांसद अमृता अग्रहरी एमालेमा प्रवेश

आइतवार , आश्विन २, २०७९

काठमाडौं, २ असोज । 

निवर्तमान सांसद तथा जसपा नेतृ अमृता अग्रहरी एमाले प्रवेश गरेकी छन् । आइतबार एमाले पार्टी सचिवालयको बैठक चलिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । 

गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेकी उनी लामो समयसम्म नेपाल सदभावना पार्टीमा आबद्ध थिइन् । सदभावना पार्टीमा उनी बद्री मण्डलको निकटस्थ रहेकी थिइन् । उनी समानुपातिकबाट सांसद बनेकी थिइन् । जसपाले यसअघि समानुपातिकबाट सांसद बनेकालाई यसपटक सिफारिस नगर्ने भएकाे छ ।