२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

नवनियुक्त क्याम्पस प्रमुख अनिल झालाई सम्मान

आइतवार , मंसिर २१, २०७७

  • 7.4K
    Shares
  • 7.4K
    Shares
  • भैरहवा, २१ मंसिर । 
    नेपाल राष्ट्रिय प्राध्यापक संगठन भैरहवा बहुमुखी क्याम्पस एकाई समितिले क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख अनिल कुमार झालाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले आगामी ४ वर्षका लागि लागि सह–प्राध्यापक झालाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।

    कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख झाले क्याम्पसको शैक्षिक र भौतिक विकासको लागि सबैको सल्लाह, सुझाव र रचनात्मक सहयोगको अपेक्षा राखेको बताए । उनले आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा सबैको धारणा समेटेर योजना ल्याउने सोचमा रहेको बताए ।

    नेपाल राष्ट्रिय प्राध्यापक संगठन भैरहवा बहुमुखी क्याम्पस एकाईका अध्यक्ष इन्द्र बहादुर विश्वकर्माको अध्यक्षता, मोल्हु प्रसाद जयसवालको स्वागत मन्तव्य तथा ऋषिकेश ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।