२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

थाई बौद्ध विहारले दियो भीम अस्पताललाई ४० थान पीपीई

आइतवार , मंसिर २१, २०७७

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • भैरहवा, २१ मंसिर । 
    लुम्बिनीस्थित थाई बौद्ध विहारले भीम अस्पताल, भैरहवालाई ४० थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) प्रदान गरेको छ ।

    विहारका प्रमुख भिक्षु सुपथ र अष्ट्रिया विहारका भिक्षु सोनमले आइतबार उक्त पीपीई अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्तालाई हस्तान्तरण गरेका हुन । त्यस्तै सोही विहारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताललाई आइतबार ४० थान पीपीई प्रदान गरेको छ ।

    यस अघि पनि थाई बौद्ध विहारले लुम्बिनी प्रादेशिक अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र भीम अस्पताललाई पीपीई प्रदान गरिसकेको छ । विहार प्रमुख भिक्षु सुपथले अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्दै जाने बताए ।