शुक्रवार, आश्विन ५ गते २०८०

निर्वाचन खर्च नबुझाउने मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना 

निर्वाचन खर्च नबुझाउने मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना 

images
images

खबर पात्रो

४, आश्विन २०७९
  • 1.2K
    SHARES
  • निर्वाचन खर्च नबुझाउने मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना 

    खोटाङ । निर्वाचन आयोगले खोटाङका मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना तोकेको छ । पटक–पटक सुचनामार्फत ताकेता गर्दा पनि निर्वाचन खर्च बुझाउन बेवास्ता गरेको भन्दै आयोगले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका पाँच र हलेसी तुवाचुङका १० उम्मेदवारलाई जरिवाना गरेको हो । 

    आयोगले निर्वाचन खर्च नबुझाएकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राप्रपाबाट मेयरमा उठेकी चन्द्रकुमारी राई, एमालेबाट मेयरमा उठेका कुमारप्रसाद आचार्य, राप्रपाबाट मेयरमा उठेका जीवनकुमार श्रेष्ठ, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयरमा उठेका सुवास राई र एमालेबाट उपमेयरमा उठेका बिणादेबी राईलाई जरिवाना तोकेको छ । 

    images
    images

    हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसबाट मेयरमा उठेकी बिमला राई (निर्वाचित), एमालेबाट मेयरमा उठेका खडेन्द्र राई, जसपाबाट मेयरमा उठेका अञ्जिल राई, माओवादी केन्द्रबाट मेयरमा उठेकी रुसिका राई, मंगोल नेशनल अर्गनाइजेसनबाट मेयर उठेका बिनेश राई, राप्रपाबाट मेयर उठेका छत्र पुरी, खम्बूवान राष्ट्रिय मोर्चाबाट मेयर उठेका तुलसीकुमार राई, कांग्रेसबाट उपमेयर उठेका रमेशकुमार राउत (निर्वाचित), माओवादी केन्द्रबाट उपमेयर उठेका अमेम्बर राई र एमालेबाट उपमेयर उठेका तुलसा बुढाथोकीलाई साँढे चार लाखका दरले जरिवाना गरेको हो । न्युज कारखाना 

    images
    प्रकाशित मिति :आश्विन ४, २०७९ मंगलवार - १०:३४:१० बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij