२०८२, फाल्गुण ४ गते

Feb 16 2026 | २०८२, फाल्गुण ४ गते

राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भयो : पौडेल

बुधवार , आश्विन ५, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, ५ असोज ।
    नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रणाली नै खतरामा पार्ने काम भएको बताएका छन् ।

    राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि मंगलबार रातिबाट निस्क्रिय भइसकेको छ । यही सन्दर्भमा सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै पौडेलले भनेका छन्, ‘जननिर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको प्रमाणिकरण गर्न संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ।’

    बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार रहेको उनको भनाइ छ । ‘म यसको भर्त्सना गर्दछु,’ पौडेलले भनेका छन् ।
    न्युज कारखाना