२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

राष्ट्रपतिको कदम असंवैधानिक भन्दै लोसपा रुपन्देहीद्वारा प्रदर्शन

बुधवार , आश्विन ५, २०७९

भैरहवा, ५ असोज ।
संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई असंवैधानिक भन्दै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) रूपन्देहीले बुधबार भैरहवामा विरोध प्रदर्शन गरेको छ । लोसपा रुपन्देहीले भैरहवास्थित मिलनचोकमा विरोध प्रदर्शन गर्दै राष्ट्रपतिको राजीनामा माग गरेको हो ।

प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेको भन्दै लोसपा नेता कार्यकर्ताले उनको राजीनामा माग गरेका हुन् ।

विरोध कार्यक्रममा बोल्दै लोसपाका युवा नेता महेन्द्र गुप्ता (प्रशान्त)ले संविधान अनुसार राष्ट्रपतिलाई १५ दिनभित्र पुनः पारित भएको विधेयक प्रमाणिकरण गर्नै र्ने व्यवस्था गरेको बताए ।उनले भने, ‘नागरिकता नेपाली नागरिकका सन्तानलाई चाहिएको हो, यही कुरा एमालेले अध्यादेशको रूपमा ल्याउँदा ठीक भनेर प्रमाणीकरण गर्ने राष्ट्रपतिले तर अहिले प्रमाणीकरण नगर्ने ?’

विरोध कार्यक्रममा लोसपा रूपन्देहीका अध्यक्ष अजय वर्मा, लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य मोहम्मद इस्लाम बैजनाथ गुप्ता (बी.एन.) लगायतले बोल्दै नागरिक आमा बाबुका सन्तानलाइ अनागरिक बनाउने राष्ट्रपतिको कदम असंवैधानिक भएको आरोप लगाए ।