२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

चुनावी सहकार्यका लागि लोसपाले बनायो वार्ता समिति

शुक्रवार , आश्विन ७, २०७९

काठमाडौं, ७ भदौ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ एमालेलगायत अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्नका लागि वार्ता समिति गठन गरेको छ । 

लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति शुक्रवार गठन गरेको हो । वार्ता समितिमा वरिष्ठ नेता शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल रहेको अध्यक्ष महन्थ ठाकुरद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । न्युज कारखाना