
सोमवार , मंसिर २२, २०७७
नवलपरासी २२ मसिर । राजसंस्था सहित हिन्दु अधिराज्य पुनस्र्थापनाका लागि देश व्यापी रूपमा शृङ्खलाबद्ध सडक संघर्षका कार्यक्रम चलिरहदा पश्चिम नवलपरासीमा पनि बुधबार बृहत मोटरसाइकल ¥याली गरिने भएको छ।
वर्तमान राजनीतिक व्यवस्थाबाट आम नागरिक आजित बनेको भन्दै देशमा पुनः राज संस्था पुनस्र्थापनाका लागि र हिन्दुराष्ट्र कायमको माग राख्दै नवलपरासीबासीहरु सडकमा ओर्लिन थालेका हुन्। बुधबार बर्दघाट देखि भुमहि, सुनवल हुँदै सदरमुकाम परासी सम्म बृहत ¥याली गर्न लागिएको ¥यालीका संयोजक रामभवन यादबले बताए।
यादव रामग्राम नगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्र्टीका नगर अध्यक्ष हुन्। उनका अनुसार विरोध ¥यालीमा स्वतस्फूर्त जिल्लाका सबै पार्टीमा ३ हजार भन्दा बढि कार्यकर्ताहरु उपस्थिति हुनेछन । राजा आउ देश बचाउू भन्ने मुल नारासहित ¥याली गर्न लागिएको यादबले बताए ।
राष्ट्रिय झण्डा र पूर्व राजारानी ज्ञानेन्द्र र कोमल शाहको तस्वीर अंकित ब्यानर सहित गरिने ¥याली बुधबार ११ बजे बर्दघाट त्रीबेणी चोकबाट सुरु भैइ परासी बुद्धचोकमा पुगेर कोणसभामा परिणत हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij