images

मंगलवार, बैशाख ४ गते २०८१

बुद्धचोकको झ्याप् झयाप्

बुद्धचोकको झ्याप् झयाप्

images
images
images
आइतवार, आश्विन ९ २०७९
आइतवार, आश्विन ९ २०७९
  • बुद्धचोकको झ्याप् झयाप्

    बुद्धचोकमा एकजना भलादमी बढो मजाले ट्राफिक लाईट हेरेर उभिएका थिए म चाँही छेवैको सरल स्टेश्नरीका भाई विष्णुजी सँग गफ चुटीरहेके थिएँ तर मेरा आँखा भने उभिएका भलाद्मी उपर नै थियो । त्यो चोकमा गाडीहरु आउने र जाने गरेर जम्मा जम्मी १५ वटा बाटोहरु छन् ।

    images
    images
    images

    यिनका वीचमा अटल, स्थिर बुद्ध भगवान हात उठाएर केही भन्न खोजे जस्तो र केही भन्न नसकेको अवस्थामा  उभिएर बसेका छन् । विष्णुजीसँग विदा भएर जब म पसल बाहीर निस्के ति व्यक्ति उभिएर एकटक गाडीहरुको अवत जावत हेरिरहेका थिए । मैले मन थाम्न सकिन र ति भलाद्मीको छेवैमा गएर भने, “महासय ! तपाई अघि देखि यहाँ उभिएर के अवलोकन गर्न लागेको होला ? भन्ने मलाई जिज्ञासा लाग्यो ।” उनले मलाई पुलुक्क हेरेर भनें, के हेर्नु छ र यहाँ ? ठनासेर उभिएको ! उ त्यो पहेलो बत्ति झ्याप् झ्याप् गरिरहेछ, रातो निलो कहिले बल्छ भनेर ?

    मलाई धेरै बोल्नु थिएन, “हेरिरहनुहोस् बल्ला नि !” जसै म जेब्रा क्रसमा पुगें गाडीहरु हतार हतार आवत जावत गरिरहेका थिए । छवैमा ट्राफिक प्रहरी भाई उभिएका थिए, सोधि हाले, “के ट्राफिक लाईट बिग्रिएको हो ? ” न बिग्रीएको भए त बल्थ्यो होला निू उनको जवाफले म नाजवाफ नै भएँ । हो त ! नविग्रीएको भए त बलि हाल्थ्यो नि ? ?

    जेब्रा क्रसबाट म सिधैँ मकालु बुक्स स्टेश्नरीमा गए । मकालु बुक्स भन्ने नाम मात्र हो त्यहाँ किताब पहिले थिए अहिले छैनन् — त्यहाँ केबल स्टेश्नरीका सामान मात्र छन् त्यहा एकजना मेहनती भाई भेटिन्छन् मोबाईल खेलाईरहेका — निराजन पोख्रेल । कुनै सामान चाहियो भने तिन पटक नभनेसम्म सुन्नेवाला छैनन् तर छन् दिलदार, मजेदार अनि  संसारका घटनाहरुका फेहरिस्त । उनको विचार जान्नलाई टाढा जानु पर्दैन — साँझ पख जम्मा हुने सर्वदलिय भेटघाटमा सबै छर्लङ्ग हुन्छ, म के वयान गरु !! उनको छेउको कुर्सीमा एकजना विद्वान व्यक्तित्वलाई देखे, चिने, अलिकति राजनीतिमा दखल भएका तर कता दखल हो उनैलाई थाहा नभएका । एक प्रश्न सोझाए  — “किन हो श्र यो पहेलो बत्ति मात्र झ्याप् झ्याप् वल्छ नि ?”

    “गनिमत मान्नुहोस् कम से कम एउटा वत्ति त बलेको छ, यही त हाम्रो गौरव हो , कुनै वत्ति नबल्नु भन्दा एउटा त बलेको छ । यो एउटा बत्तिले हामीलाई सर्वत्र चिनाएको छ, पहिचान बनाएको छ । यहाँ आफ्नो पहिचान बनाउन यहाँ कत्रो संग्राम छ ।

    तपाईलाई भैरहवमा कसैले प्रश्न गर्‍यो र सोध्यो बैँक रोडमा, “बुद्ध चोक कहाँ छ ?” र तपाई सहज जवाफ दिन सक्नु हुन्छ, “देवकोटा चोकबाट सिधै मूलबाटो नछोडी उत्तर तिर लाग्नु होस्, त्यहाँ कसैलाई केही सोध्नु पर्देन जुन चोकमा तपाई पुग्दा पहेंलो बत्ति झ्याप् झयाप् गरेको हुन्छ त्यही हो बुद्धचोक ।”

    उनले अगाडि थप्दै गए, “हेुर्नहोस् गत महिना म काठमाडोँ गएको थिएँ वालेनले धमाधम टुकुचा खन्दै रहेछन् । यस्तो गहिरो त भैरहवामा खन्नु पर्दैन डण्डा वरिपरि चाँही यसो नयाँ मेयरले नापी जाँची अवैध भए बैध गराए हुन्थ्यो । डण्डा खोला दुवै तर्फ कम्तिमा १० मिटर दायाँ बायाँ सफा गरेर वृहत वृक्षारोपण गरे हुन्थ्यो कि भनेको तर पहेलो वत्ति झैँ छ काम ।

    उनी थप्दै गए, “म काम विशेषले कलंकी गएको थिएँ—एक बस टुरिष्टहरु लुम्बिनी जाने सुरसारमा रहेछ, ति मध्ये एकजनाले मलाई सोधि हाले — “कहाँबाट लुम्बिनी मोडीने हो ?” हेर्नुहोस् मैले जवाफ दिए, “संसारको जुनसुकै कुनामा जान अफ्ठ्यारो होला गौतमबुद्धको जन्मस्थल लुम्बिनी जान केही गाह्रो छैन । सरासर बुटवलसम्म गएर दक्षिण लाग्नु अरु कुनै कुरा विचार गर्नु पर्दैन जहाँ पहेलो बत्ति झ्याप् झ्याप् गर्छ त्यहाँबाट सोझै पश्चिम हानिनु बुद्धको पुण्य भूमिमा पुगिहाल्नु हुन्छ।”

    “पहेंलो बत्ति झ्याप् झयाप् बल्नु हाम्रो शान हो पहिचान हो — हाम्रो अर्को पहिचान हो मान्छे हिँड्ने फुटपाथमा मोटर साइकल, साना पसल आदि । हाम्रो अर्को पहिचान हो आकाशे पुल — साँझ पख फुल ।

    राष्ट्रिय राजनीतिमा आएको हुरीले धेरै चुरीफुरी गर्नु पनि भएन । राजनीति साजनीति त्यस्तै हो बुद्धचोकको पहेलो झ्याप् झ्याप् जस्तै हो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij