images

शनिवार, बैशाख १५ गते २०८१

एमाले सैद्धान्तिक विचलनमा परेकोले परित्याग गरेँ : गंगााराम यादव 

एमाले सैद्धान्तिक विचलनमा परेकोले परित्याग गरेँ : गंगााराम यादव 

images
images
images
सोमवार, आश्विन १० २०७९
सोमवार, आश्विन १० २०७९
  • एमाले सैद्धान्तिक विचलनमा परेकोले परित्याग गरेँ : गंगााराम यादव 

    जनकपुरधाम, १० असोज । नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन् । सोमवार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर नेता यादवले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

    images

    एमाले पार्टी वैचारिक र सैद्धान्तिक रुपमा विचलनमा परेकोले पार्टी परित्याग गरेको उनले बताए ।  एमालेकै कारण लाखौँ मधेशीका सन्तानलाई नागरिकता बञ्चित हुन पुगेको बताउँदै नेता यादवले भने, ‘आफ्नै देशमा नागरिकलाई नागरिबाट बञ्चित गर्ने पार्टीमा बसिरहने मेरो नैतिकता साथ दिएन र पार्टी परित्याग गरेको छु ।’ 

    उनी कुन पार्टी जाने विषयमा अहिले खोल्न चाहेनन् । स्रोतका अनुसार उनी १२ असोजमा धनुषामा हुने पार्टी प्रवेश कार्यक्रममा विधिवत् रुपमा जसपामा प्रवेश गर्ने कार्यक्रम रहेको छ । न्युज कारखाना 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij