images

शनिवार, बैशाख ८ गते २०८१

पार्टीलाई जिताउन गरी निर्वाचनमा क्रियाशील हुन कांग्रेसको निर्देशन 

पार्टीलाई जिताउन गरी निर्वाचनमा क्रियाशील हुन कांग्रेसको निर्देशन 

images
images
images
मंगलवार, आश्विन ११ २०७९
मंगलवार, आश्विन ११ २०७९
  • पार्टीलाई जिताउन गरी निर्वाचनमा क्रियाशील हुन कांग्रेसको निर्देशन 

    काठमाडौं, ११ असोज  । नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीलाई जिताउने गरी निर्वाचनमा खटिन निर्देशन दिएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई जिताउने गरी खटिने निर्देशन दिइएको हो । 

    images
    images
    images

    सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले पार्टीको सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनमा पार्टीलाई जिताउने गरी क्रियाशील हुन निर्देशन दिएको जानकारी दिए । 

    ‘आ-आफ्नो गृह जिल्ला पुगी बडादशैँ हर्षोल्लासपूर्वक मनाउन र आआफ्ना क्षेत्रमा नेपाली कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न पार्टीले निर्देशन दिएको छ । पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको मुखमा पार्टीको निणर्यअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण रुपमा क्रियाशिल हुनुहुन निर्देशन गरेको छ,’ उनले भने । न्युज कारखाना 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij