२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

पाल्हीनन्दन-५ गेरमीमा स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु 

सय जनालाई बिउबिजन वितरण

सोमवार , मंसिर २२, २०७७

परासी, २२ मंसिर । 
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु भएको छ । सोमबार एक समारोहकाबीच गाउँपालिका–५ गेरमीमा स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिको कार्यालय उद्घाटन भइ कार्यक्रमहरु पनि सार्वजनिकीकरण भएको छ । 

समितिका संयोजक शिव कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा प्रदेशसभा सदस्य बैजनाथ जयसवालले कार्यालयको उद्घाटन गरेका हुन् । 

कार्यक्रममा स्मार्ट कृषि गाउँ कार्यक्रमको कार्यक्रमहरु सार्वजनिक गरिदै सहभागि १ सय जना किसानहरुलाई विभिन्न बालीको बिउबिजन र औषधीहरु वितरण गरिएको छ भने भोलीप र पर्सी थप २५० जना कृषकलाई पनि वितरण गरिने समितिका संयोजक शिव कुमार गुप्ताले जानकारी दिए । 

लुम्बिनी प्रदेश सरकारले आफनो प्रदेश क्षेत्रलाई कृषिमा आत्मनिर्भर र किसानहरुलाई आर्थिक रुपमा सबल बनाउन सो स्मार्ट कृषि गाउँ कार्यक्रम ल्याएको छ । यस कार्यक्रममा प्रदेश सरकारले ७० प्रतिशत र किसानहरुले ३० प्रतिशत लगानी गर्ने व्यवस्था गरिएको छ । कृषि स्मार्ट गाउँका लागि प्रदेश सरकारबाट प्राप्त हुने ५० लाख र स्थानीय तहको समेत लागत सहभागितामा यो कार्यक्रम निरन्तर चार वर्षसम्म सञ्चालनमा रहनेछ । प्रदेशसभा निर्वाचन क्षेत्रमा पर्ने पाल्हीनन्दन गाउँपालिकालाई केन्द्रित गरी उक्त कार्यालय गेरमीमा खोलिएको समितिका संयोजक गुप्ताले जानकारी दिए । 

130027990_3534810209948403_1447632213321665975_n.jpgसमितिका संयोजक गुप्ताका अनुसार स्मार्ट कृषि गाउँ कार्यक्रममा यस क्षेत्रलाई गहुँ र तरकारी क्षेत्रमा विकास विस्तार गर्ने योजना रहेको छ । यस कार्यक्रममा सहभागि हुने किसानहरुले सबै आवश्यक कागजहरु पु¥याइ फारम भरी वडा र गाउँपालिकामार्फत छनौट हुने प्रावधान गरिएको छ ।  

स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयनको कर्याालय उद्घाटन तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य बैजनाथ जयसवालले यस कार्यक्रमबाट यस क्षेत्रका किसानहरुलाई लाभवान्दित हुने र यस क्षेत्रलाई गुहँ तथा तर–तरकारी पकेट क्षेत्रको रुपमा विस्तार गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा विशेष अतिथि कृषि ज्ञान केन्द्रका प्रमुख देवेश कुमार मिश्राले यो कार्यक्रम किसानहरुको हकमा रहेको र यसबाट किसानहरुले बढी भन्दा बढी फाइदा लिनुपर्ने सुझाव दिए । कार्यक्रममा पाल्हीनन्दन गाउँपालिका–५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता, रामग्राम नगरपालिका वडा २ का वडा सदस्य धिरज हलुवाई, युवा सचेतना संस्थाका अध्यक्ष ईमामुल अलि लगायतले यस कार्यक्रमबाट किसानहरु लाभाविन्त हुने बताए ।