images

बिहिवार, चैत्र १५ गते २०८०

प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको छ : पूर्वमन्त्री बास्कोटा

प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको छ : पूर्वमन्त्री बास्कोटा

images
images
images
बिहिवार, आश्विन १३ २०७९
बिहिवार, आश्विन १३ २०७९
  • प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको छ : पूर्वमन्त्री बास्कोटा

    काठमाडौं, १३ असोज । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताएका छन् । 

    images
    images
    images

    उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० तथा नेकपा (एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गरेका छन् । 

    उनले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’ 

    नेता बास्कोटाले नागरिक समाज समेत कुम्भकर्णको जस्तो निन्दामा रहको आरोप लगाएका छन् । 

    ‘देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ,’ बास्कोटाले भनेका छन् । न्युज कारखाना

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij