२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

जनमत पार्टीका सचिव भोपेन्द्र यादवले रुपन्देही–४ बाट उम्मेदवारी दिने 

शनिवार , आश्विन १५, २०७९

भैरहवा, १५ असोज ।
जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । 

युवा नेता यादवले रुपन्देही–४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने निश्चित भएको जनमत पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ताले जानकारी दिए ।

गुप्ताले भने, ‘पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले रुपन्देही–४ बाट उम्मेदवारी दिने निश्चित भएको छ, अन्य क्षेत्रमा केही दिनमा उम्मेदवारको टुंगो लाग्छ । ’