मंगलवार , आश्विन १३, २०८३
भैरहवा, १३ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टीको १५ औं महाधिवेशनका लागि रुपन्देही क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गर्नुभएको छ ।
खाणले काँग्रेसलाई थप सुदृढ, सबलका सार्थ एकताबद्ध बनाउँदै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताउनुभएको छ ।
पूर्व गृहमन्त्री समेत रहनुभएका नेता खाणले पार्टीका नेता, कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूको साथ, सहयोग र अमूल्य मतको अपेक्षा गर्नुभएको छ ।
खाणले जारी गर्नुभएको अपीलमा भनिएको छ-‘नेपाली काँग्रेसलाई सुदृढ, सबल साथै एकताबद्ध बनाउँदै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाली काँग्रेसको १५ औं महाधिवेशनका लागि रुपन्देही क्षेत्र नं. ३ मा महाधिवेशन प्रतिनिधि (खुला) पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु ।’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij