२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी

आइतवार , आश्विन १६, २०७९

काठमाडौ, १६ असोज ।
सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ। नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न नसकेकोपछि समानुपातिक बन्दसुची लगायतका विषयमा सम्वोधन गर्नका लागि बैठक बसेको हो ।  

संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई सम्वोधन नगरी संसोधित नामावली बुझाए पछि दुवै पक्षबिच रस्साकस्सी चलिरहेको छ ।

संस्थापन पक्षले भने कोइराला समुहले बुझाएको सुचीको ३५ प्रतिशत भन्दा बढी समावेश गरेर बन्द सुची बुझाएको दावी गर्दैै सहमतिमा आउन आग्रह गरिरहेको छ । न्युज कारखाना