आइतवार , आश्विन १६, २०७९
भैरहवा, १६ असोज ।
जनमत पार्टीका केन्द्रीय सदस्य विरेन्द्र कुमार धवल (भोटे भाइ) नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनी जनमत पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । रुपन्देही निवासी युवा नेता धवललाई माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्ण बहादुर महरा, पूर्वमन्त्री चन्द्रप्रकाश खनाल (बलदेव), पूर्वमन्त्री मोहम्मद वकिल मुसलमान, निर्मल जि.सी. लगायत नेताले शनिबार लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित पडरियामा आयोजित कार्यक्रममा स्वागत गरेका हुन् ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति रुपन्देहीले शनिबार आमसभा तथा पार्टी प्रवेश कार्यक्रम गरेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
