
बिहिवार , आश्विन २०, २०७९
काठमाडौं, २० असोज
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको असहमतिका बिचमा सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक वालुवाटारमा जारी रहेको छ । आगामी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी सिट वाँडफाँटका बारेमा अन्तिम प्रयास स्वरुप बैठक जारी राखिएको नेताहरुले बताएका छन ।
औपचारिक रुपमा नै जसपा नेपालले सत्तारुढ गठबन्धन भन्दा बाहिर गएर अन्य पार्टीसँग तालमेलको विकल्प खुल्ला गरेर निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ भने नेकपा एसले पनि नेकपा एमालेले जीत हासिल गरेका स्थान भन्दा कम सिट दिएको भन्दै असन्तुष्टी जनाउँदै आएको छ । यी असन्तुष्टीका बिचमा सत्तारुढ गठबन्धनको बैठक वालुवाटारमा बसिरहेको हो । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij