२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

४० प्रतिशत हिस्सा दिनुपर्ने कोइराला समूहको ठहर

बिहिवार , आश्विन २०, २०७९

काठमाडौं, २० असोज ।
नेपाली कांग्रेस भित्रको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ । शीर्ष नेताको उपस्थितिबिना काठमाडौंको एक पार्टी प्यालेसमा बसेको बैठकले आफूहरूलाई प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्षतर्फ पनि सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष एक्लौटी रूपमा टिकट वितरणको दिशातर्फ गए कांग्रेसले ठूलो संकटको सामना गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ राखेको भुपेन्द्रजंग शाहीले जानकारी दिए । 

आफूहरूको भेलालाई देउवासहित संस्थापन पक्षको नेतृत्वले गम्भीर रूपमा नलिए परिणाम राम्रो नआउने समेत चेतावनी दिएर बैठक समापन गरेका छन । न्युज कारखाना