२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

बारा-१ क नपाए सामूहिक राजीनामा दिने माओवादी केन्द्र क्षेत्र १ को चेतावनी

शुक्रवार , आश्विन २१, २०७९

बारा, २१ असोज

नेकपा (माओवादी केन्द्र) बाराको क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले पार्टीले गठबन्धनका नाममा बाराको क्षेत्र नम्बर १ को क अन्य पार्टीलाई दिए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । माओवादी केन्द्रको कोल्हबीमा शुक्रबार बसेको निजगढ, कोहल्बी, बारागढी, सिम्रौनगढ पालिकाका नगर कमिटीका पदाधिकारीको बैठकले बारा निर्वाचन क्षेत्र १ को क गठबन्धनको मर्म अनुरुप समेत केन्द्रको भागमा आउनुपर्ने अनिहरुको भनाई रहेको छ । 

गठबन्धनको सिट भाग लगाउनका निम्ती गठन भएको मधेश प्रदेश कमिटीले गठबन्धनमा माओवादी केन्द्रलाई पन्छायर गएको दाबि गर्दै बारा निर्वाचन क्षेत्र १ को क नदिए सामुहिक राजीनामा दिने र निर्वाचनको कुनैपनी प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो । तर बाराको क्षेत्र नम्बर १ को क मा भने नेपाली कांग्रेसका शम्भु बहादुर बुढाथोकीले टिकट पाउने लगभग पक्का छ । न्युज कारखाना