२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सर्वदलीय बैठक

सरकारको कामबाट जनता असन्तुष्ट छन : नेताहरू

मंगलवार , मंसिर २३, २०७७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गरेको सर्वदलीय बैठकमा सहभागि अधिकांश नेताहरूले सरकारको कामबाट जनता सन्तुष्ट हुन नसकेको बताएका छन्। सरकारको कामबाट सन्तुष्ट हुन नसकेका कारण पछिल्लो समय मुलुकभित्र गणतन्त्र बिरोधी गतिविधि बढ्दै गएको बताएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको बैठकमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा सघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो।

बैठकमा प्रधानमन्त्री ओलीले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति फेरी एक पटक एक जुट हुन पर्ने बला आएको बताए। उनले राष्ट्रिय एकताका लागि सबै शक्ति एक हुन आह्वान समेत गरे। पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने उनको भनाइ थियो। 

कोभिड १९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधिलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

संसद अधिवेशन चाँडो बोलाउनुस् : कांग्रेस 
कांग्रेसले तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेसको तर्फबाट धारणा राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले चाँडो अधिवेशन बोलाउन माग गरेका हन।

अध्यादेशले शासन चलाउने सुविधाको बाटो किन रोज्नुभयो’ भन्दै उनले भनेका छन, ‘संसद अधिवेशन चाँडो बोलाउनुस, प्रतिगामीको धज्जी त्यहीबाट उडान्छ ।

संसदबाट संकल्प प्रस्ताव पारित गरौं।’ सडकमा देखिएको प्रदर्शन सरकारप्रतिको असन्तुष्टि भएको कांग्रेसको ठहर छ। परिवर्तन र संविधानको मर्म प्रधानमन्त्री ओलीले बुझ्न नसकेको पौडेलको भनाइ छ।

‘तपाईँको भूमिका समन्वयकारी हुनुपर्ने हो । त्यो देखिएन । राजा जे कारणले हटाइयो त्यसलाई बिर्सेर राष्ट्रपतिको जुन तामभलाम देखिएको छ। त्यसको प्रभाव परेको छ आजको अवस्था ल्याउन उनले भनेका छन्।

राजावादीहरूको आन्दोलनमा नैतिक समर्थन :राप्रपा
त्यस्तै राप्रपाले राजावादीहरूको आन्दोलनमा नैतिक समर्थन रहेको जनाएको थियो । राप्रपाका नेता दीपक बोहोराले संविधानप्रति समर्थन रहेको र राजावादीहरुको आन्दोलदनमा नैतिक समर्थन रहेको बताएको जानकारी दिए।

संविधानभित्र राजालाई संसदको मातहतमा राखेर अगाडी बढ्न सकिन्छ भन्ने बिकल्प दिएको तर प्रधानमन्त्रीबाट जवाफ नआएको उनको भनाइ छ। 

राजासहितको लोकतन्त्र र हिन्दुराष्ट्रका विषयमा सर्वदलीय बैठक राखेर निर्णय गर्न माग पनि गरेको उनले बताए । पछिल्लोपटक राजावादीहरुले देशका विभिन्न शहरमा आन्दोलन गरिरहेका छन्।