२०८३, जेठ २ गते

May 16 2026 | २०८३, जेठ २ गते

नेकपा एस प्रतिनिधिसभातर्फको उम्मेदवार टुंग्याउने पहिलो दल

शनिवार , आश्विन २२, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, २२ असोज ।
    प्रमुख राजनीतिक दल मध्ये प्रतिनिधिसभातर्फको उम्मेदवार टुंग्याउने नेकपा एकीकृत समाजवादी पहिलो दल भएको छ ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धन आवद्ध माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले प्रतिनिधिसभातर्फको उम्मेदवार टुंग्याएर पहिलो दल भएको हो । जसअनुसार कांग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध नेकपा एसले आफनो भागवन्डामा परेको सबै १९ सिटमा उम्मेदवारी टुंग्याएर सार्वजनिक गरेको हो । जसअनुसार

    प्रतिनिधि सभामा एकीकृत समाजवादीका १९ जना उम्मेदवार :

    १. इलाम क्षेत्र न. १ – झलनाथ खनाल 

    २. उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा 

    ३. रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल 

    ४. बारा क्षेत्र न. ४ – कृष्णकुमार (किसान) श्रेष्ठ 

    ५. काठमाडौं क्षेत्र न. –८ जीवनराम श्रेष्ठ 

    ६. ललितपुर क्षेत्र न. –२  कृष्णलाल महर्जन 

    ७. धादिङ क्षेत्र न. –१  राजेन्द्रप्रसाद पाण्डे

    ८. मकवानपुर क्षेत्र न. –२  विरोध खतिवडा 

    ९. कास्की क्षेत्र न. २ –श्रीनाथ बराल 

    १०. गुल्मी क्षेत्र न. २ –रामकुमारी झाँक्री 

    ११. पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे 

    १२. रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ 

    १३. दाङ क्षेत्र न. १ – मेटमणि चौधरी 

    १४. सल्यान– प्रकाश बुढाथोकी (ज्वालां)

    १५. डोल्पा – धनबहादुर बुढा मगर 

    १६. दैलेख क्षेत्र न- १ ( अम्बरबहादुर थापा 

    १७. अछाम क्षेत्र न.– १– शेरबहादुर कुवँर 

    १८. बझाङ– भानुभक्त जोशी 

    १९. डोटी–  प्रेमबहादुर आले


    न्युज कारखाना