२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

रुपन्देही–५ मा एमालेले वासुदेव घिमिरेलाई उठाउने

शनिवार , आश्विन २२, २०७९

बुटवल, २२ असोज । 

२०७४ को चुनावमा काँग्रेसका भरत शाहले जितेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । तिलोत्तमा नगरपालिकाको निवर्तमान मेयर रहेका घिमिरेलाई एमालेले रुपन्देही-५ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो । तिलोत्तमामा मेयर हुँदा उनले गरेको कामबाट तिलोत्तमा नगर देशमै नमूना कहलिएको थियो । 

उनको नेतृत्वमा भएको तिलोत्तमाको विकासको मुलुकभरी नै चर्चा हुने गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि तिलोत्तमाको भ्रमण गरी तिलोत्तमाको विकासबाट मुलुकले पाठ सिक्नुपर्ने बताएका थिए ।

उनै घिमिरेलाई रुपन्देहीको क्षेत्र नम्बर ५ बाट एमालेले टिकट दिएपछि अहिले क्षेत्र नम्बर ५ का नागरिकमा उत्साह थपिएको छ । मेयरका उम्मेदवार घिमिरेले आफूलाई यहाँका जनताले विश्वास गरेर जिताए क्षेत्र नम्बर ५ लाई तिलोत्तमा जस्तै नमूना बनाउने बताए ।

“क्षेत्र नम्बर ५ बाट मेरो उम्मेदवारी पक्का भएको छ’, घिमिरेले भने–“अव जितका लागि तयारी गर्दै छु ।” यो निर्वाचन क्षेत्रबाट यसअघि खिमलाल भट्टराई उम्मेदवार बन्ने चर्चा थियो । उनी एमालेबाट राष्टियसभाका प्रमुख सचेतक भएकाले एमालेले टिकट नदिएको बताइएको छ । राष्टियसभामा उनको कार्यकाल अझै १६ महिना बाँकी छ । न्युज कारखाना