२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

माओवादी केन्द्रका नेता खानले रुपन्देही–३ (क) बाट स्वतन्त्र उम्मेदवारी दिने

शनिवार , आश्विन २२, २०७९

भैरहवा, २२ असोज ।
नेकपा (माओवादी केन्द्र)का नेता फैज अहमद खानले रुपन्देही क्षेत्र नम्बर ३ (क) बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । शनिबार सामाजिक संजाल फेसबुकमार्फत उनले रुपन्देही–३ (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) पदमा माओवादी केन्द्रबाट खानले उम्मेदवारी दिएका थिए । उनी माओवादी केन्द्र सिद्धार्थनगरका इञ्चार्ज हुन् ।

रुपन्देही क्षेत्र नम्बर ३ (क) सतारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)को भागमा परेको छ ।