२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

घनश्याम भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने 

आइतवार , आश्विन २३, २०७९

भैरहवा, २३ असोज ।
नेकपा (एमाले) परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । हिजो शनिबार एमाले परित्याग गरेको घोषणा गरेका नेता भुसालले रुपन्देही–१ बाट उम्मेदवारी दिने भएका हुन् ।
आइतबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राममा पत्रकार सम्मेलन गर्दै भुसालले आफूले गठबन्धनको सहयोगमा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिन लागेको जानकारी दिए । पूर्वमन्त्री समेत रहेका भुसालले भने, ‘मलाई सतारुढ गठबन्धनले सहयोग गर्छ र म स्वतन्त्र उम्मेदवारको रुपमा जनताको बीचमा जान्छु ।’

उनले आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दावी गरे । नेकपा (माओवादी केन्द्र) ले आफ्नो चुनाव चिन्हबाट लड्न आग्रह गरे पनि आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिने उनको भनाइ छ । उनले भने, ‘माओवादी केन्द्रका नेताहरुले मलाई सोही पार्टीका चुनाव चिन्हबाट लड्न आग्रह गर्नुभयो, यसका लागि उहाँहरुलाई धन्यवाद दिन चाहन्छु तर म स्वतन्त्र रुपमा नै उम्मेदवारी दिन्छु । भुसालले आफू वाम एकताको मुद्दा उठाएवापत एमालेमा किनारामा पारिएको बताए ।

नेता भुसाल २०७४ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी केपी ओली नेतृत्वको सरकारमा कृषिमन्त्री समेत भएका थिए ।