२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

रुपन्देही–३ बाट अधिवक्ता प्रख्यात बन्जाडेद्वारा उम्मेदवारी दर्ता

आइतवार , आश्विन २३, २०७९

भैरहवा, २३ असोज । युवा समाजसेवी तथा अधिवक्ता प्रख्यात बन्जाडेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

‘स्वतन्त्र र वैकल्पिक शक्तिको लौरो अभियान’ अन्तर्गत उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता पछि पत्रकारहरुसँग कुराकानी गर्दै बन्जाडेले विभिन्न क्षेत्रमा भएको बेथितिको अन्त्य तथा समग्र विकासका लागि उम्मेदवारी दिएको बताए । उनले जनताले नयाँ उम्मेदवारहरुलाई मतदान गर्ने दावी गरे ।

darta.jpg

लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको नाममा दर्ता छ । त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ (क)बाट गोपाल भण्डारी र क्षेत्र नम्बर ३ (ख)बाट खड्क बहादुर रानाले उम्मेदवारी दर्ता गराएका छन् ।