२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

रुपन्देही–३ मा जनमुक्तिबाट मोजीब अलीद्वारा उम्मेदवारी दर्ता

आइतवार , आश्विन २३, २०७९

भैरहवा, २३ असोज ।
राष्ट्रिय जनमुक्ति पार्टीबाट रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा युवा नेता मोजीब अलीले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर नेता अलीले उम्मेदवारी दर्ता गराएका हुन् ।

पार्टीका संघीय परिषद सचिव तथा भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सभापति समेत रहेका अलीले परम्परागत पार्टीबाट जनता आजित भएको बताए । उनले जनताले विकल्प खोजेको भन्दै जनमुक्ति पार्टीलाई निर्वाचनमा जिताउन आग्रह गरे । उनले भने, ‘हरेक समस्याको सामाधान राष्ट्रिय जनमुक्ति पार्टीले गर्छ, त्यसका लागि जनताले अवश्य नै मौका दिनुहुनेछ । ’