२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

उम्मेदवारी दर्तापछि भोपेन्द्र यादवले भने–जनमत पार्टीलाई मौका दिनुस्

‘एक घर, एक कृषि मोटरसहित निःशुल्क विद्युतको व्यवस्था गर्छौं’

सोमवार , आश्विन २४, २०७९

भैरहवा, २४ असोज ।
जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले रुपन्देही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मझगावास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि नेता यादवले जनमत पार्टीलाई मौका दिन आग्रह गरे । उनले भने, क्षेत्र नम्बर ४ (मर्चवार)का जनताका लागि आधुनिक कृषिको विकास समृद्धि हेतु एक घर, एक कृषि मोटरसहित निःशुल्क विद्युतको व्यवस्था गर्छौं’ ।

त्यस्तै रुपन्देही क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा जितेन्द्रनाथ शुक्ला (बब्लु) र ४ (ख)मा अर्जुन प्रसाद जैसवालले उम्मेदवारी दर्ता गराएका छन् । शुक्ला सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष समेत हुन् ।