२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

रुपन्देही–५ : एमालेका वासुदेव घिमिरेको उम्मेदवारीविरुद्ध उजुरी

सोमवार , आश्विन २४, २०७९

भैरहवा, २४ असोज ।
नेकपा (एमाले)का नेता तथा रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार वासुदेव घिमिरेको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । एमालेको आधिकारिक उम्मेदवार नभइ रद्द भइसकेपछि पनि दर्ता गरेको भन्दै घिमिरेको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगमा उजुरी परेको हो । घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य समेत हुन् । निर्वाचन अधिकृत चिन्तामणि शर्माले घिमिरेविरुद्ध उजुरी परेको पुष्टि गरे । उनले भने, ‘उजुरी परेको छ ।’

सैनामैना नगरपालिका–६ का रामप्रसाद घिमिरेले उजुरी दर्ता गरेका हुन् । रामप्रसादले रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।