सोमवार , आश्विन २४, २०७९
काठमाडौं, २४ असोज ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । पार्टीमा असन्तुष्ट बनेका नेताहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
अधिकांश राजनीतिक दलका नेताले स्वतन्त्र र बागी उम्मेदवारी दर्ता गरेका छन् । मधेश प्रदेशमा एमाले केही नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
हालसम्म प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्यका लागि आठ जना र प्रदेशसभाका लागि १७ जना एमाले नेताको स्वतन्त्र उम्मेदवारी परेको छ ।
यी हुन् स्वतन्त्र उम्मेदवारी दिने एमाले नेताहरु :
प्रतिनिधिसभा तर्फः
प्रभु साह, रौतहट –३
किरण साह, रौतहट–२
प्रदिप साह, रौतहट–४
रामआधार कापड, महोत्तरी –३
मानबहादुर खडका, सर्लाही–१
किशोरी साह, धनुषा–१
कृष्ण कुमार महतो, धनुषा –४
सन्तोष श्रेष्ठ, पर्सा –१
प्रदेशसभा तर्फ
चन्द्रभुषण साह, सर्लाही १ (क)
रेनुका पोडेल, सर्लाही ३ (क)
उमेश कुशवाहा, बारा ४ (ख)
केशव राय चौधरी, रौतहट ३ (क)
कुन्दन कुशवाहा, रौतहट ३ (ख)
राजेश चौधरी, रौतहट १ (ख)
मनोज यादव, रौतहट १ (ख)
मुजिम राय, महोत्तरी ३ (क)
सुनिल रोहित, महोत्तरी ३ (ख)
गोपाल प्रसाद यादव, सिरहा ३ (ख)
योगेश सिंह, सिरहा २ (ख)
प्रमोद महतो, महोत्तरी १ (ख)
देवराज घिमिरे, बारा १ (क)
जयन्त कुशवाहा, बारा १ (ख)
कदम रसुल, पर्सा– (ख)
प्रह्लाद गुप्ता, पर्सा ४ (ख)
विनोद लामा, पर्सा २ (क)
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
