
सोमवार , आश्विन २४, २०७९
महोत्तरी, २४ असोज ।
पाटीले जनताको काम गर्न सक्ने उम्मेदवार दिन नसकेको कारणले नै स्वतन्त्र उम्मेदवारी दिएको स्वतन्त्र उम्मेदवार राजन ढुंगानाले बताएका छन् । यो ५ वर्षको अवधीमा मधेशमा जनतालाई सरकारको समेत महसुस नभएको बताउँदै ढुंगानाले सरकारको अनुभुति गराउन पनि आफ्नो उम्मेदवार रहेको उनको दावी छ । आफूले जिते प्रदेश सांसदको हैसियतले जनताको समस्याको पोकोलाई सम्बोधन गर्ने तथा जनताको मनोभावनाअनुसार कुनै पनि राजनीतिक दलले अहिलेसम्म उम्मेदवारी नबनाएको बताउँदै स्वतन्त्रको भूमिकाबाट आफ्नो कलाकारिता देखाउने नेता ढुंगानाको भनाइ छ । उनले माओवादीले समेत जनभावना अनुसार काम गर्न नसकेपछि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
उनी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य समेत हुन । सत्ता गठबन्धन दलको प्रतिनिधिसभामा साझा उम्मेदवार गिरिराजमणी पोखरेल वनेका छन । गठबन्धनको निर्णयअनुसार महोत्तरी क्षेत्र नम्बर १ क मा कांग्रेसले पाउने निर्णय गरेता पनि प्रदेशसभाको साझा उम्मेदवार भने नेकपा एसबाट सुरेश राउत छन् । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij