२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

भीम रावलले भने, 'उचित समयमा बोल्ने छु' 

सोमवार , आश्विन २४, २०७९

काठमाडौं, २४ असोज ।
नेकपा एमालेका नेता भीम रावलले अछामबाट सिफारिस हुँदाहुँदै पनि नेकपा एमालेले टिकट नदिएको विषयलाई लिएर उचित समयमा बोल्ने जनाएका छन् । कथित १० बुँदे पक्षधर भएका कारण रावलले गृह जिल्ला अछामबाट टिकट नपाएको भन्ने चौतर्फी बहस चलिरहँदा रावलले सो बारेमा समय आएपछि आफै बोल्ने जनाएका हुन । 

‘मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन’ रावलले सोमवार साँझ टविट गर्दै भनेका छन, ‘मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कु–नियत हो । उचित समयमा बोल्ने नै छु ।’ 

रावलले गत महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दर्ता गराएका थिए भनेपछि पराजित भएका रावललाई केन्द्रिय सदस्यमा मनोनित गरे पनि नयाँ कमिटी सदस्यको हैसियतमा सपथ भने लिएका थिएनन । उनी क्षेत्र, जिल्ला प्रदेशवाट प्रतिनिधिसभाका लागि सिफारिस भए पनि केन्द्रले भने माओवादी परित्याग गरिआएका झपट रावललाई टिकट दिएको छ । रावललाई टिकट नदिइ बोहोरालाई दिएपछि एमालेसहित राष्ट्रिय राजनीतिमा रावल चर्चाको विषय बनेका छन् । 

सोही विषयलाई लिएर अर्का नेता घनश्याम भुसालले पार्टी परित्याग गरे पनि रावलले भने पार्टी परित्याग नगरी आन्तरिक संघर्ष गर्ने जनाउँदै आएका छन् । न्युज कारखाना