२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

देउवाविरुद्ध उजुरीको आज २ बजेसम्म जवाफ दिनुपर्ने

मंगलवार , आश्विन २५, २०७९

डडेलधुरा, २५ असोज ।
फरक फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रष्ट पार्न समय दिइएको छ । नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति परेको भन्ने उजुरीवारे जवाफ दिनका लागि आज २ बजेसम्मको समयसिमा दिइएको छ । देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बिपी समुहका उम्मेदवार कर्ण मल्लले जन्ममिति फरक भएको भन्दै दिएको उजरीमा देउवाले आज २ बजेसम्म जवाफ दिइसक्नुपर्नेछ । 

डडेल्धुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार देउवा माथि परेको उजुरी उपर स्पष्ट पार्नका लागि निर्वाचन कार्यालयले मंगलबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको छ । देउवाविरुद्ध सोमवार उजुरी परेको थियो । 

सूचना पाटीमा टाँसिएको व्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरीमाथि प्रमाण पेश गर्नुपर्नेछ । प्रधानमन्त्री समेत रहेको देउवाले पत्नी आरजु राणालाई वारेस बनाएर आइतबार उम्मेदवारी दर्ता गराएका थिए । न्युज कारखाना